देउवाले दिए प्रधानमन्त्री शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना
The Prime Minister, Shri Narendra Modi meeting the Prime Minister of Nepal, Shri Sher Bahadur Deuba, in Glasgow, Scotland on November 02, 2021.
काठमाडौँ । शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता शाह प्रधानमन्त्रीमा नियुक्त हुनु सकारात्मक भएको उल्लेख गरेका छन् । उनले नयाँ सरकारको सफलताका लागि शुभेच्छा व्यक्त गरेका छन्।
देउवाले प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का नवनियुक्त सबै सदस्यहरूलाई पनि बधाई दिँदै जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना दिएका छन्।
शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका शाहले सोही दिन पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्। देउवा स्वास्थ्य उपचारका लागि विदेशमा रहेका हङकङमा रहेका छन् ।
