मोदी र शाहबाज शरीफद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई, सहकार्य विस्तारमा जोड
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले बधाई दिँदै सहकार्य विस्तारको अपेक्षा व्यक्त गरेका छन्।
मोदीले सामाजिक सञ्जालमार्फत शाहको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वप्रति राखेको विश्वास झल्किएको बताएका छन्। उनले नेपालसँग मिलेर काम गर्न उत्सुक रहेको जनाउँदै दुई देशबीचको मित्रता र सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
शरीफले पनि शाहलाई बधाई दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीको उल्लेखनीय जितपछि नेतृत्व सम्हालेकोमा शुभकामना दिएका छन्। उनले नेपालसँगको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई उच्च मूल्यांकन गर्दै द्विपक्षीय सहकार्य सुदृढ बनाउने इच्छा व्यक्त गरेका छन्।
दुवै देशका प्रधानमन्त्रीहरूले क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका साझा लक्ष्य हासिल गर्न नवनियुक्त नेपालको नया नेतृत्वसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
