रसुवामा बाढी : मितेरी पुल बगायो
काठमाडौं । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । त्यहाँ सयौँ इभी गाडी पनि बगाएको सूचना प्राप्त भएको छ । त्यहाँ मालवाहक गाडी र चालक हरु पनि बगाएको हुन सक्ने बताइएको छ, तर स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन । विहान सवा ३ बजे बाढी आएको हो ।
