अर्थतन्त्रको आकार ४ खर्बले बढ्यो, १८ क्षेत्रका सूचकहरू सकारात्मक

 अर्थतन्त्रको आकार ४ खर्बले बढ्यो, १८ क्षेत्रका सूचकहरू सकारात्मक

काठमाडौं, असार २७ –

नेपालको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्बबाट बढेर ६१ खर्ब पुगेको छ, जुन ४ खर्ब रुपैयाँको वृद्धि हो। यो आर्थिक वृद्धिसँगै अर्थतन्त्रको आधार बलियो बन्दै गएको संकेत अर्थविद्हरूले दिएका छन्।

राजस्व संकलनमा उल्लेखनीय वृद्धि

गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन ७७.३४ प्रतिशत ले वृद्धि भएको छ। २०८२ असार २६ गतेसम्म १० खर्ब ९७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ, जुन गत वर्षको सोही अवधिभन्दा १ खर्ब ८ अर्ब बढी हो। यसले सरकारको राजस्व व्यवस्थापन र आन्तरिक स्रोत परिचालनको सुधार देखाउँछ।

पुँजीगत खर्च र सेयर बजारमा सुधार

पुँजीगत खर्चमा पनि सकारात्मक संकेत देखिएको छ। यो वर्ष २ खर्ब ८ अर्ब रुपैयाँ खर्च भइसकेको छ, जुन गत वर्षको तुलनामा ३६ अर्बले बढी हो।
नेप्से परिसूचक २०८१ असार १८ मा २,१०० विन्दुमा रहेकामा २०८२ असार २५ मा २,७०५ विन्दु पुगेको छ। यो ६०० विन्दुभन्दा बढीको उछाल हो, जसले पूँजी बजारमा लगानीकर्ताको विश्वास बढेको संकेत दिन्छ।

रेमिट्यान्स र निजी क्षेत्रको कर्जामा वृद्धिदर

यस वर्ष १५ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन १५.५% को वृद्धि हो। अघिल्लो वर्षको यही अवधिमा १३ खर्ब २७ अर्ब मात्रै आएको थियो।
निजी क्षेत्रमा प्रवाहित कर्जा ८.७% ले बढेको छ, जुन अघिल्लो वर्षको ५.६% भन्दा बढी हो। यसले व्यापार तथा उत्पादन क्रियाकलापमा सुधार देखाउँछ।

विदेशी मुद्रा सञ्चिति र वाणिज्य व्यापारमा सुधार

शोधानान्तर स्थिति ४९२ अर्ब बचतमा पुगेको छ, जसले देशको विदेशी मुद्राको स्थिति मजबुत बनाएको छ।
हाल विदेशी विनिमय सञ्चिति १८ अर्ब ६५ करोड अमेरिकी डलर रहेको छ, जसले १४ महिना सम्म वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता दिएको छ।

१८ क्षेत्रका आर्थिक सूचक सकारात्मक

अर्थ मन्त्रालयले १८ वटा प्रमुख क्षेत्रका सूचकहरू सकारात्मक रहेको जनाएको छ।

ती क्षेत्रहरूमा:

  • यातायात

  • निर्माण

  • खानी तथा खनिज

  • विद्युत् तथा ग्यास

  • व्यापार

  • बैंक तथा बीमा

  • उद्योग

  • घरजग्गा

  • सूचना प्रविधि

  • कृषि तथा वन

  • प्रशासनिक सेवा

  • स्वास्थ्य सेवा

  • वैज्ञानिक सेवा

  • औद्योगिक उत्पादन

  • शिक्षा

  • आवास तथा भोजन सेवा लगायत रहेका छन्।

पछिल्लो आर्थिक वर्षमा नेपालले अर्थतन्त्रका धेरै सूचकमा उल्लेखनीय प्रगति गरेको देखिएको छ। राजस्व संकलन, रेमिट्यान्स, पुँजीगत खर्च, कर्जा प्रवाह, पूँजी बजार, र विदेशी मुद्राको सञ्चितिमा सुधारले समग्र अर्थतन्त्र आशावादी दिशामा अघि बढिरहेको संकेत दिन्छ। तर, दीर्घकालीन स्थायित्वका लागि रणनीतिक सुधार, कार्यान्वयनको गती, र पारदर्शिता अझै आवश्यक रहेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *