अष्ट्रेलियामा २ सय १२ औँ भानु जयन्ती सम्पन्न, तिन दर्जन भन्दा बढि सर्जनकहरुको सहभागिता

अष्ट्रेलिया । अन्तराष्ट्रीय साहित्यक समाज अष्ट्रेलिया न्यू साउथ वेल्थ च्याप्टरको आयोजनमा २ सय १२ औँ भानु जयन्ती भव्यताकासाथ सम्पन्न भएको छ ।
समाजले एक विशेष कार्यक्रमको आयोजना गरी अनेसास कविता महोत्सव २०२५ सिड्नीको ब्लायङ्कटाउन मा जुलाई १२ शनिवारका दिन सम्पन्न गरेको हो ।
साहित्यको क्षेत्रमा योगदान गरिरहनुभएका श्रष्टाहरुको सहभागितामा भएको कार्यक्रम समाजका अध्यक्ष डा. प्रकाश पौडेलको अध्यक्षता र महासचिव भावना पौडेलको सञ्चालन तथा एनआरएनका अध्यक्ष अनिल पोखरेलको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले विशिष्ट अतिथी सहित आफ्नो साहित्यीक सहभागिता समेत जनाउनुभएको थियो । कार्यक्रममा ३ दर्जन भन्दा बढि साहित्यकार, श्रष्ट्रा तथा सर्जनकहरुको उत्साहाजनक उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपालको पहिचान र परिचयसंगै भाषा, कला साहित्यको संरक्षणमा सहयोग पुग्ने गरी २१२ औँ भानु जयन्तीका अवसरमा अनेसास कविता महोत्सव गरिएको हो ।
कार्यक्रममा एनआरएनएका अध्यक्ष पोख्रेल र अनेसासका पूर्व अध्यक्षद्वय महेन्द्र पौडेल र सानु घिमिरेले संयुक्त रुपमा “अनेसासबोर्ड अफ अनर” को उद्घाटन गर्नुभउको थियो ।
आदिकवि भानुभक्तप्रति श्रद्दासुमनका साथ दमन्ती पराजुलीले भानुको कविता वाचनबाट शुरु भएको कार्यक्रममा सर्जकहरु क्रमश : वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, कवि एवं सर्जकहरु क्जीवराज घिमिरे, त्रिपुरा पौडेल, महेन्द्र पौडेल, सानु घिमिरे, निस्प्रभ सजी, जितेन्द्र मल्ल, महेश्वर शर्मा, सौरभकिरण श्रेष्ठ, प्रज्ञा पनेरु, सुरेन्द्र दवाडी, प्रकाश पन्थी, रिचा गौतम, जानकी पौडेल, सन्तोष शर्मा, डा. गणेश केसी, सुमन थापा संगम, मुक्तिरम पोख्रेल, चतुर्भुज खरेल, भावना पराजुली, जेनिश, बिष्णु घिमिरे, आयाम घिमिरे, डा. राजु मानन्धर, प्रविन टन्डन, राम कोइराला, राहुल अर्याल, नेत्र प्रसाद पौडेल, सन्तोष रिजाल लगायतकाले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो ।
साथै सोहि कार्यक्रममा मिडियाबाट पत्रकार बचन रायमाझी, जेनिसा Entertainment का संयोजक जेनिसा गौतम तथा इन्जिनिएर राम प्रसाद कोइरालाहरुलाई पुस्तक प्रकाशन, मिडिया मार्फत पुऱ्याउनु भएको योगदान स्वरूप सम्मान गरिएको थियो।
प्रमुख अतिथि पोखरेल आफ्नो मतव्य व्यक्त गर्दै विदेशी भूमिमा नेपाली भाषा साहित्यको उत्थान तथा सरक्षणमा अनेसास ले पुऱ्याएको महत्वपूर्ण योगदानको प्रशंसा गर्दै एन.आर.एन. ले समाजसँग मिलेर सहकार्य गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न संस्थाहरु EXTRATECH, RFM Facility management, Honest , इन्जिनिएर राम प्रसाद कोइराला , एकाउन्टिङ Tax and Finance ले सहकार्य गरेका थिए ।
लण्डन नेपाल न्यूज अष्ट्रेलियाका तकधिर अधिकारी लुक्ला न्यूज अष्ट्रेलियाका सम्पादक डा. राजु मानन्धर तथा वचन न्यूजबाट कार्यकमलाई प्रत्यक्ष रूपमा प्रसारण गरी सहयोग पुऱ्याउनु भएको थियो।
कार्यक्रममा साहित्यकर्मि, समुदायका लिडर तथा पत्रकारको सक्रिय सहभागिता रहेको थियो