नेपालको आर्थिक अवस्था: सुधार र सम्भावना

नेपालको अर्थतन्त्र अहिले सुधार र सम्भावनाको मोडमा पुगेको छ। पछिल्लो केही वर्ष कठिनाइका बीच बिते पनि अब आर्थिक सूचकांकहरूमा क्रमिक सुधार देखिन थालेका छन्। सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय सहकार्यको संयुक्त प्रयासले नेपालको अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको छ।
नेपालको आर्थिक वृद्धि दर ४।६१ प्रतिशत अनुमान गरिएको छ । विशेषगरी सेवा क्षेत्रस् बैंकिङ, बीमा, सूचना प्रविधि, पर्यटन, कृषि क्षेत्रस् सिंचाइ, मल आपूर्ति र उत्पादनमा प्रविधि प्रयोग, उद्योग क्षेत्रस् घरेलु उत्पादनको प्रवर्द्धन, हाइड्रोपावर, स्टार्टअपहरूमा लगानी लगायतले अर्थतन्त्रलाई सुधारको बाटोमा अगाडि बढाउन सहयोग गरिरहेका छन् ।
सरकारले अगाडि सारेको “उत्पादन वृद्धि, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन” नीतिले आगामी वर्षहरूमा वृद्धि दर अझ उचाइमा लैजाने अपेक्षा गरिएको छ।
नेपालले २०८१ सालमा मात्रै ३३९ मेगावाट नयाँ विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सफल भएको छ। हाल विद्युत भारत र बंगलादेशतर्फ निर्यात गर्न थालिएको छ ।
२०७९र८० मा महामारीपछिको सबभन्दा धेरै ९ लाखबढी पर्यटकको आगमन भएको छ। पर्यटन आयमा २०५ वृद्धि भइसकेको छ र होटल तथा हवाई सेवामा रोजगारी पुनस् सृजना भएको छ।
अर्थमन्त्रालयले अब विद्युतीय भुक्तानी प्रणाली अनिवार्य गरेको छ । भुक्तानी डिजिटल्ली भएपछि सरकारको तर्फबाट हुने सबै भुक्तानी अब डिजिटल माध्यममार्फत मात्र हुने र यसले समयको बचत सहित सुशासन कायममा सहयोग पुग्ने विश्वस गर्न सकिन्छ ।
नेपाल सरकारको तर्फबाट लगानी प्रवर्द्धन बोर्ड (IBN) र उद्योग विभाग मार्फत नीति सुधारहरू अगाडि बढाइ नेपालमा लगानीको वातावरण बनाउनेक ार्य भएको छ ।
अहिले मुद्रास्फीति ६५ भित्र सीमित रहेको छ । ब्याजदर घट्दै, कर्जाको पहुँच बढ्दै गएको छ । लगानीको वातावरण बन्दै गइरहेको छ । आपूर्ति प्रणाली सुधारले वस्तु मूल्य स्थायीत्वमा सहयोग गरेको छ । यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव देखाउँछ ।
यसैगरी मौद्रिक नीति र अर्थमन्त्रालयको अन्य नीतिगत व्यवस्थाले घरजग्गा कारोवार र सेयर बजार क्षेत्रलाई केही चलायमान बनाउने देख्न्छि ।
यसै समयमा ADB, World Bank, IMF, MCC लगायत संस्थाहरूबाट ५०० अर्बभन्दा बढीको सहयोग प्रतिबद्धता भएको छ ।
IMF बाट Policy Support Instrument (PSI) स्वीकृत भईसकेको छ । Green Economy, Climate Finance तर्फ २० करोड डलरको विदेशी लगानी आउने निश्चित भएको छ ।
यसले नेपालको अर्थतन्त्र अहिले सुधारको मार्गमा दृढतापूर्वक अघि बढिरहेको छ। आर्थिक वृद्धि दर स्थिर, ऊर्जा आत्मनिर्भरता, डिजिटल सरकार, पर्यटन पुनरुत्थान, नीति सुधार र अन्तर्राष्ट्रिय विश्वास — यी सबैले नेपाललाई आगामी दशकमा दिगो र समावेशी आर्थिक रूपान्तरणमा सहयोग पुग्ने देखिन्छ ।