वर्षातका कारण अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आयो।

 वर्षातका कारण अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आयो।

काभ्रे — वर्षातका कारण अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ। सोमबार राति परेको पानीका कारण बीपी राजमार्गका विभिन्न सडकखण्ड अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार राजमार्ग अन्तर्गत रोशी गाउँपालिका(११ स्थित माम्ती, वडा नं ९ को पिन्थली र विरुवाडाँडामा लेदोले सडक अवरुद्ध भएको थियो।

ट्राफिक प्रहरी, नेपाल प्रहरी र सडक विभागको सहकार्यमा अवरुद्ध भएको सडक दुईतर्फी नै खुलाइएको उनले बताए। उनका अनुसार मंगलबार बिहान ८स्३५ बजे सडक लेदो हटाएर खुलाइएको हो। यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *