गुल्मीको सिस्तुङमा एकै दिन १०० रोपनीमा धान रोपियो

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका -६ सिस्तुङमा एकै दिन १०० रोपनी खेतमा धान रोपाइँ गरिएको छ । स्थानीय अगुवा कृषक ५४ वर्षीय मेघनाथ अर्यालले दुई वर्षदेखि १ सय रोपनिीमा धान खेति गर्दै आउका छन् ।

पछिल्लो समय अर्यालले आफ्नो ७० रोपनी र ३० रोपनी भाडामा लिएर धान खेती गर्दै आएका हुन ।
खेतीपातीलाई बोझ होइन, उत्सवका रूपमा लिन सकिन्छ भन्ने सन्देश दिनका लागि धान रोपाइँलाई भव्य उत्सवका रुपमा अघि सारिएको अर्यालले बताए ।

स्थानीय सरकारका प्रतिनिधिहरू र कृषि प्राविधिकहरूले अर्यालको पहललाई नमूना परियोजनाका रूपमा अगाडि बढाउन सहयोग गरेका छन् ।
यसै वर्ष उनलाई गाउँपालिकाले उत्कृष्ट कृषकका रुपमा पुरस्कृत समेत गरिएको थियो ।

 

 

उत्पादनसँगै उद्योग पनि

अर्यालले उत्पादन गरेको धानको चामल ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ गरी बजारमा पठाइएको छ ।

यसै वर्षदेखि स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै व्यावसायिकिकरणतर्फ अघि बढाउने उद्देश्यले उक्त चामललाई ब्राण्डिङ, लेबलिङ तथा प्याकेजिङ गरी औपचारिक रुपमा बजारमा पठाइएको हो ।

२५ किलोको बोरामा प्याक गरिएको चामलको बोरालाई २ हजार ५ सयमा बेच्ने गरि मुल्य तयार गरिएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *