पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

 पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वतको मोदी गाउँपालिका–३ देउराली लाङ्दीमा पहिरोले घर पुरिँदा २ जना बेपत्ता भएका छन्।

आइतबार बिहान गएको पहिरोमा घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका हुन् ।

गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ। यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *