ओम मेगाश्री फार्मास्युटिकल्सद्वारा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्दै

 ओम मेगाश्री फार्मास्युटिकल्सद्वारा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्दै

काठमाडौं, साउन ४, २०८२, नेपालको औषधि उत्पादन क्षेत्रमा क्रियाशील अग्रणी संस्था ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडले आफ्नो व्यापारिक पहुँचलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यका साथ विदेशी फार्मास्युटिकल कम्पनीसँग साझेदारी विस्तारका लागि विशेष छलफल गरेको छ ।

कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठको पहलमा ओम मेगाश्रीका उच्च पदस्थ प्रतिनिधिहरूको सहभागितामा विदेशी फार्मास्युटिकल कम्पनीका प्रतिनिधिहरुसंग छलफल सम्पन्न भएको छ ।

साझेदारीले अनुसन्धान, विकास, र नियामक पक्षमा अन्तर्राष्ट्रिय अनुभव तथा दक्षता नेपाल भित्र्याउन सहयोग पुग्ने ओममेगाश्रीले जनाएको छ ।

ओम मेगाश्री फार्मास्युटिकल्सले साझेदारी, नवप्रवर्तन र दीर्घकालीन रणनीतिमार्फत नेपालमा औषधि उत्पादन तथा वितरण क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्य राखेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *