काभ्रेको मण्डनदेउपुर–१० मा PPE र विपत् सामग्री वितरण

मण्डनदेउपुर (साउन २३) — मण्डनदेउपुर नगरपालिका–१० मा आज (८ अगस्ट २०२५) फ्रेडेव (FRDEV) द्वारा सञ्चालित SFVC परियोजना अन्तर्गत ४० सेट व्यक्तिगत सुरक्षा सामग्री (PPE) र ५ जना कृषकका लागि नमुना फार्मका सामग्री वितरण गरिएको छ। साथै, मण्डनदेउपुर नगरपालिका–१० लाई विपत् व्यवस्थापनसम्बन्धी आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाकी उप–प्रमुख बिष्णुमणी नेपाल प्रमुख अतिथि रहनु भएको थियो।
विशेष अतिथिहरूमध्ये वडा नं. १० का अध्यक्ष कुमार मोक्तान, नगरपालिका कृषि शाखाका मनोज तिमल्सिना, चण्डेनी मण्डन स्वास्थ्य चौकीकी सुमित्रा देवी नेपाल, चण्डेनी मण्डन रेडक्रसका अध्यक्ष गडेस प्रसाद नेपाल, TGH का परियोजना व्यवस्थापक, MDM का कार्यक्रम व्यवस्थापक, चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सुमन नेपाल लगायतका संचालक, कार्यसमिति सदस्य, FRDEV का कार्यकारी निर्देशक दिवाकर रुपाखेति, कार्यक्रम संयोजक प्रमोद चौधरी र सहकारीका व्यवस्थापक तथा शेयर सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
सहकारीका अध्यक्ष सुमन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीकर्मी निलेश नकर्मी, TGH का Country Director, FRDEV का कार्यकारी निर्देशक दिवाकर रुपाखेति, वडा नं. १० का अध्यक्ष र प्रमुख अतिथि उप–प्रमुख बिष्णुमणी नेपालले मन्तव्य राख्नुभएको थियो।
यस अवसरमा Program Manager MDM महेश प्रसाद जोशीले PPE (Personal Protective Equipment) को महत्वबारे किसानहरूलाई प्राविधिक जानकारी दिनुभयो।
उहाँले PPE मा पर्ने टोपी, मास्क, पञ्जा, एप्रोन वा सुरक्षा कपडा, सुरक्षा जुत्ता र आँखाको सुरक्षा चश्माबारे विस्तृत विवरण दिँदै, यसको सही प्रयोग, लगाउने विधि, सफा गर्ने तरिका र सुरक्षित राख्ने उपायहरूबारे प्रष्ट पार्नुभयो।
सहभागी किसानहरूले यस प्रकारका सुरक्षा सामग्रीको प्रयोगले आफ्नो स्वास्थ्य र सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आयोजक संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ।