देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

 देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Rainy weather

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित छ।

जसको प्रभावले देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *