राष्ट्रिय वाणिज्य बैंकको नाफामा ४९.५३ प्रतिशतले वृद्धि, प्रति शेयर मुल्य पनि बढ्यो

 राष्ट्रिय वाणिज्य बैंकको नाफामा ४९.५३ प्रतिशतले वृद्धि, प्रति शेयर मुल्य पनि बढ्यो

काठमाडौं, साउन २९ — राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो वर्षको तुलनामा ४९.५३ प्रतिशतले बढी हो। बैंकले खुद ब्याज आम्दानी ०.५२ प्रतिशत वृद्धि गर्दै १० अर्ब ८ करोड २४ लाख रुपैयाँ पुर्‍याएको छ भने कुल सञ्चालन आम्दानी ११.२५ प्रतिशत बढेर १२ अर्ब ८४ करोड ३७ लाख रुपैयाँ पुगेको छ।

सञ्चालन नाफा ३१.५७ प्रतिशतले वृद्धि भई ५ अर्ब ३८ करोड २५ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष ऋणात्मक अवस्थामा रहेको वितरणयोग्य नाफा यस वर्ष ३० करोड ३४ लाख रुपैयाँमा सुधारिएको छ।

प्रतिसेयर आम्दानी (EPS) रु १६.३२ बाट बढेर रु २४.४१ पुगेको छ भने खराब कर्जा अनुपात (NPL) ४.२८ प्रतिशतबाट घटेर ३.५९ प्रतिशतमा आएको छ।

बैंकको निक्षेप १६.५९ प्रतिशतले बढेर ५ खर्ब ४१ करोड रुपैयाँ र कर्जा लगानी १९.७८ प्रतिशतले बढ्दै २ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ, जसले संस्थाको वित्तीय स्वास्थ्यमा सकारात्मक संकेत गरेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *