नेपाल ल्याईयो उड्ने कार, भदौ ३ गतेबाट नाडा अटो सो मा राखिने

नेपालमा उड्ने कार ल्याइएको छ । नाडा अटो शो २०२५ मा प्रदर्शन गर्न दिपाल इभिटोल फ्लाइङ कार नेपाल ल्याइएको हो ।
यो गाडी शनिबार नेपाल ल्याइएको नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले जानकारी दिनुभएको छ ।
यसैगरी युनिट्री रोबोट्स काठमाडौं आइपुगेको घोषणा नाडाले गरेको छ। नेपालका लागि यो एउटा ऐतिहासिक क्षण भएको अध्यक्ष चौधरीले बताउनुभयो ।
विभिन्न नविनतम प्रविधि र उत्पादनहरु पहिलोपटक नाडा अटो शो २०२५ मा सार्वजनिक रूपमा प्रदर्शन गरिने नाडाले जनाएको छ । १७औं संस्करणको यो प्रदर्शनीमा नेपालमा प्रविधिको नयाँ सम्भावनाहरूलाई उजागर गर्ने बताइएको छ।
यो भव्य प्रदर्शनी २०८२ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ।
यस प्रदर्शनीमा सहभागी हुन र अटो क्षेत्रमा विश्वमा विकास भएका विभिन्न प्रविधिसंग साक्षतकार गर्न अध्इक्ष चौधरीले सबैलाई अनुरोध गर्नुभउको छ ।