कलश स्टक मार्केटको सेवा विस्तार, पहिलो शाखा बुटवलमा सञ्चालन

काठमाडौ—१०, काठमाण्डौको बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले आफ्नो पहिलो शाखा बुटवलमा सञ्चालनमा ल्याएको छ ।
कलशले आफ्नो सेवा विस्तारको क्रममा रुपन्देही जिल्लाको मिलनचोक, बुटवलमा पहिलो शाखा २०८२ साल श्रावण अन्तिम साताबाट सञ्चालनमा ल्याएको हो ।
यस शाखा कार्यालय मार्फत बुटवल तथा छिमेकी जिल्लाहरु पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, दाङ प्यूठान, नवलपरासी लगायतका सेवाग्राहीलाई पूँजी बजार सम्वन्धि सेवा लिन थप सहज हुने विश्वास लिएको छ ।
पूँजी बजारमा आइरहेको नविनतम प्रविधि सहित शेयर कारोवार गर्न अझै सहज हुने शाखा प्रमुख भानुभक्त पौडेल “कमल” ले बताउनुभयो ।
यस कम्पनीले निकट भविष्यमा देशका अन्य महत्वपूर्ण स्थानहरुमा पनि शाखा विस्तार गरी आम सर्वसाधारण समक्ष सहज रुपमा शेयर कारोवारको सेवा प्रदान गर्ने तयारीकासाथ काम गरिरहेका प्रवन्ध सञ्चालक शालिकराम अधिकारीले जानकारी दिनुभयो ।
नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले मिति २०८० भाद्र १० देखि औपचारिक कारोवार शुभारम्भ गरेको थियो ।
कम्पनीले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ र प्रविधिमैत्री रुपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको यस कम्पनीका अध्यक्ष प्रदिप के.सी.ले जानकारी दिनुभयो ।
उहाँले नेपालको पूँजी बजारप्रति आम नागरिकको आकर्षणलाई मध्यनजर गर्दै यस विषयमा चासो राख्ने जो कोहीले पनि कलशसंग सहकार्य गर्न सक्ने बताउनुभयो ।
के.सीले पूँजी बजारको बहुआयमीक विषयहरु पूँजी बजार शिक्षा, साक्षरता, विभिन्न सामाजिक सामुदायीक कार्य लगायतका कार्यहरु मार्फत आफुहरुले सामाजिक उत्तरदायीत्वलाई पनि संगसंगै अगाडि बढाइरहेको स्पष्ट पार्नुभयो ।