सिड्नी अध्यात्मिक महोत्सवको तयारी पूरा, २९ अगष्टदेखि सुरु हुने

 सिड्नी अध्यात्मिक महोत्सवको तयारी पूरा, २९ अगष्टदेखि सुरु हुने

मुक्तिराम पोखरेल, सिड्नी। ग्रेटर सिड्नी नेप्लीज मल्टिकल्चरल सेन्टरले आयोजना गर्न लागेको सिड्नी अध्यात्मिक महोत्सव आगामी २९ अगष्टदेखि ३१ अगष्टसम्म भव्य रुपमा सञ्चालन हुने भएको छ।

सेन्टरले सिड्नीमा पत्रकार सम्मेलन आयोजना गरेको महोत्सवका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा आयोजकले दिएको जानकारी अनुसार हालसम्म ११ सय २५ जनाले कलश यात्रामा सहभागी हुन नाम दर्ता गरिसकेकाछन् ।

मार्की होमको मुख्य प्रायोजनमा हुने यस महोत्सवमा उत्साहजनक सहभागिताले सिड्नीवासी नेपाली समुदायमा नेपालको कला, संस्कृति र परम्पराप्रति थप प्रेरणा बढाउन सहयोग पुग्ने आयोजक संस्थाका पदाधिकारीहरुले बताउनुभएको छ ।

ग्रेटर सिड्नी नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष विष्णु हमालले सेन्टरलाई “मिनी नेपाल” का रूपमा प्रवद्र्धन गर्ने अभियान अघि बढाइएको बताउनुभयो ।

उहाँका अनुसार हालसम्म ५ सय ७० सदस्य भइसकेको र यो क्रम बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै वाचन शिरोमणि दिनबन्धु पोखरेलले सिड्नी अध्यात्मिक महोत्सवमा सबैलाई सहभागी हुन आह्वान गर्नुभयो ।

वैदिक र बौद्ध गुरुहरुलाई एउटै मञ्चमा राखेर धार्मिक सहिष्णुता, सामाजिक मेलमिलाप र एकताको सन्देश दिने उद्देश्यसहित तीन दिनसम्म धार्मिक अनुष्ठान सञ्चालन गरिने उनले बताइएको छ ।
पोखरेलले भन्नुभयो, “उठ्नुस्, जुट्नुस्, कोही पनि नछुट्नुस्।”

कार्यक्रमको सञ्चालन महासचिव डा. प्रकाश पौडेल ले गर्नुभएको थियो ।

यो महोत्सवले सिड्नीमा बसोबास गर्ने नेपालीहरूलाई धार्मिक, सामाजिक र सांस्कृतिक एकताको मालामा गाँस्ने महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकहरूको विश्वास छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *