मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक (सूचीसहित)

 मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक (सूचीसहित)

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा वैशाख २ गतेको मन्त्रीपरिषद्को बैठककाे निर्णयहरु सार्वजनिक गर्ने क्रममा । तस्बिर : मधु शाही / रासस

काठमाडौँ । सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न नियुक्ति, दरबन्दी स्वीकृति र नीतिगत विषयसहित २४ वटा निर्णय सार्वजनिक गरेको छ।

भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गर्नुभयो।

बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शन भट्टलाई तोक्ने निर्णय गरेको छ। त्यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *