पूर्वाधार विकासमा वित्तीय चाप, वैकल्पिक वित्त परिचालनले नयाँ बाटो खोल्ने : अर्थमन्त्री पौडेल

 पूर्वाधार विकासमा वित्तीय चाप, वैकल्पिक वित्त परिचालनले नयाँ बाटो खोल्ने : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अहिले पूर्वाधार विकासका क्षेत्रमा वित्त व्यवस्थापनको ठूलो चापमा रहेको बताएका छन्।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ बारे सोमबार राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले ट्रेजरीमा मात्र भर गरेर पूर्वाधार निर्माणका आजका आवश्यकता सम्बोधन गर्न कठिन रहेको स्पष्ट पार्नुभयो।

उहाँले बजेट निर्माणका क्रममा जनप्रतिनिधिले देशभरका विकास आयोजनाहरूलाई जोडदार रूपमा उठाउने गरेको उल्लेख गर्दै, माग सम्बोधन गर्ने इच्छाशक्ति भए पनि स्रोत–साधनको सीमितताका कारण सबै माग पूरा गर्न नसकिएको बताउनुभयो।

विधेयक पारित भएसँगै पूर्वाधार विकासका क्षेत्रमा नयाँ ढोका खुल्ने जिकिर गर्दै अर्थमन्त्री पौडेलले स्वदेशी तथा विदेशी पुँजी परिचालनमार्फत पूर्वाधार क्षेत्रमा लगानी बढाउनेतर्फ सरकार अघि बढेको जानकारी दिनुभयो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *