कर्मचारी पार्टीको आदेशमा होइन, संविधान अनुसार चल्नुपर्छ : देउवा

 कर्मचारी पार्टीको आदेशमा होइन, संविधान अनुसार चल्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीलाई कुनै पनि राजनीतिक दलको आदेशमा होइन, संविधान र विधानअनुसार काम गर्नुपर्ने स्पष्ट बताएका छन्।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कर्मचारीको मूल दायित्व राज्य र नागरिक सेवामा हुने बताए।

देउवाले भने, “संसद्मा सबैभन्दा ठूलो दल हाम्रो छ, त्यसैले हामीले तपाईंहरूको माग सम्बोधन गर्न सक्छौँ। आवश्यक परे अरू दललाई पनि सहकार्यमा ल्याउन सक्छौँ। तर कर्मचारीले कुनै दलको आदेश मान्नु हुँदैन, संविधानले तोकेको बाटोमा हिँड्नुपर्छ।”

उनले निर्वाचनमा भोट दिने अधिकार व्यक्तिगत हक भए पनि सरकारी कामकाजमा तटस्थता अनिवार्य रहेको औंल्याए। “देशको काम राष्ट्र र संविधानका आधारमा गर्नुपर्छ, कुनै दलको पक्षपाती भएर होइन,” देउवाको भनाइ थियो।

कांग्रेस सभापति देउवाले आफ्नो पार्टी सधैं कर्मचारीको हकहितमा उभिएको उल्लेख गर्दै आगामी दिनमा पनि कर्मचारीमैत्री कदम चालेने आश्वासन दिए।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *