सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको रु. २ लाख १० हजार ४ सय पुग्यो

 सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको रु. २ लाख १० हजार ४ सय पुग्यो

काठमाडौं, २०८२ भदौ २० गते । नेपालमा सुनको मूल्य आज फेरि बढ्दै ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (भदौ २०) बजारमा छापावाल सुनको मूल्य तोलामा रु. २ हजार ५ सयले बढेर रु. २ लाख १० हजार ४ सय कायम भएको छ।

यसअघि बिहीबार सुनको मूल्य रु. २ लाख ७ हजार ९ सय तोकिएको थियो। लगातार बढिरहेको सुनको मूल्य यसअघिका सबै रेकर्ड तोड्दै नयाँ उच्च विन्दुमा पुगेको महासंघले जनाएको छ।

महासंघका अनुसार तेजावी सुन तोलामा रु. २ लाख ९९०० मा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि तोलामा रु. ३० ले बढेर रु. २,६०० पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी अर्थतन्त्रको अनिश्चितता, ब्याजदर कट हुने सम्भावना र लगानीकर्ताको आकर्षणका कारण सुनको मूल्य उकालो लागेको विश्लेषकहरूको भनाइ छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *