निजामती सेवा दिवस आज, उत्कृष्ट कर्मचारीलाई सम्मान

 निजामती सेवा दिवस आज, उत्कृष्ट कर्मचारीलाई सम्मान

काठमाडौँ । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रमसहित निजामती सेवा दिवस मनाइरहेका छन् ।

विक्रम संवत् २०१२ भदौ २२ गते पहिलोपटक जारी गरिएको निजामती सेवासम्बन्धी ऐनको स्मरणमा २०६१ सालदेखि हरेक वर्ष यस दिनलाई निजामती सेवा दिवसका रूपमा मनाउने परम्परा सुरु भएको हो।

यस अवसरमा आज उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गरिएको हो।

उत्कृष्ट निजामती सेवा पुरस्कारको राशी १ लाख रुपैयाँ र निजामती सेवा पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ। यस्तै, यस वर्षका लागि छनोट गरिएका कर्मचारीलाई आगामी वर्षको निजामती सेवा दिवस मूल समारोहमा सम्मान गरिनेछ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *