शंकर पोखरेल र प्रदीप ज्ञवालीको अपिल संविधान सम्मत समाधान खोजिनुपर्छ

 शंकर पोखरेल र प्रदीप ज्ञवालीको अपिल संविधान सम्मत समाधान खोजिनुपर्छ

काठमाडौँ । प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न राजनीतिक परिस्थितिलाई लक्षित गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत् मात्र निकास खोजिनुपर्ने बताएका छन्।

दुवै नेताले सामाजिक सञ्जालमार्फत जारी गरेको संयुक्त वक्तव्यमा सार्थक संवाद र परिणाममुखी छलफलमार्फत युवापुस्ताको आकांक्षा सम्बोधन गर्न आग्रह गरेका छन्।

वक्तव्यमा भनिएको छ, “सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट सुशासन, सहज सेवा प्रवाह र तीव्र विकासको आकाङ्क्षा लगायतका युवा पुस्ताका मागलाई संविधानसम्मत रुपमा सम्बोधन गर्न आवश्यक पहलका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ।”

नेताद्वयले लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर पार्न नहुने प्रष्ट पारेका छन्।

उनीहरूको भनाइमा मुलुकमा देखिएको असहज राजनीतिक अवस्थाको समाधान संवैधानिक मूल्य, लोकतान्त्रिक अभ्यास र संवादमै सम्भव छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *