नेतृत्वका विषयमा निर्णय हुन सकेन, चर्चामा, बालेन–हर्क–सुशिला कार्की

 नेतृत्वका विषयमा निर्णय हुन सकेन, चर्चामा, बालेन–हर्क–सुशिला कार्की

काठमाडौँ । जेनजी आन्दोलनभित्र नेतृत्व चयनलाई लिएर आन्तरिक मतभेद सतहमा आएको छ।

अब बन्ने अन्तरिम सरकारमा कसलाई नेतृत्व दिने भन्ने विषयमा विभिन्न व्यक्तिहरुको नाम चर्चामा रहेको समयमा काठमाडौंका मेयर बालेन साह, धरानका मेयर हर्क साम्पाङ र पूर्व प्रधानन्यायाधिस सुशिला कार्कीका विषयमा मत विभाजित भएको छ ।

एक समूहले जनआकर्षण र संगठन क्षमताका आधारमा बालेन साहलाई नेतृत्व दिनुपर्ने बताउँदै आएको छ भने अर्को समूहले स्थानीय तहमा प्रत्यक्ष जनसंपर्कमा सक्रिय हर्क साम्पाङलाई अगाडि सार्नुपर्ने धारणा राखेको छ।

त्यस्तै, सुशिला कार्कीलाई स्वतन्त्र छवि, निडरता र कानूनी पृष्ठभूमिका कारण नेतृत्वको विकल्पका रूपमा प्रस्तुत गर्ने मत पनि बढिरहेको छ।

तर, साझा सहमति बन्न नसक्दा आन्दोलनभित्र असमञ्जस बढेको विश्लेषण गरिएको छ। विश्लेषकहरूको भनाइमा, समयमै साझा नेतृत्व मोडेल तय गर्न नसके आन्दोलनको प्रभाव कमजोर बन्न सक्नेछ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *