आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने, श्रव्यदृश्य माध्यममार्फत पठनपाठन अगाडि बढाउन सुझाव

 आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने, श्रव्यदृश्य माध्यममार्फत पठनपाठन अगाडि बढाउन सुझाव

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयहरूलाई पुनः सञ्चालनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको छ।

पछिल्ला दिनमा देशमा उत्पन्न परिस्थितिका कारण पठनपाठन अवरुद्ध भएपछि महानगरको शिक्षा विभागले विद्यालय व्यवस्थापन तथा शिक्षकलाई तयारी गर्न आग्रह गरेको हो।

महानगरको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार विद्यालय भवन तथा संरचनामा क्षति भए/नभएको यकिन गर्न, अभिभावकसँग निरन्तर सम्पर्कमा रहन र विद्यार्थीको अवस्थाबारे बुझ्न विद्यालयलाई सूचित गरिएको छ।

चार बुँदे परिपत्रमार्फत विद्यालयहरूलाई भदौ २३ र २४ गतेसम्म आवश्यक तयारी पूरा गर्न भनिएको छ। यस अन्तर्गत, वातावरण सुरक्षित रहेको खण्डमा कक्षा सञ्चालन, क्षतिको मूल्यांकन र विद्यार्थीहरूको उपस्थितिलाई सहज बनाउनुपर्ने उल्लेख छ।

महानगरले भदौ ३० गते सोमबारदेखि भने विद्यालयमा मनोसामाजिक परामर्शसहित प्रत्यक्ष कक्षा सञ्चालन गर्न तयारी गर्न निर्देशन दिएको छ। साथै, विद्यालयसम्म अभिभावकले लैजान र ल्याउन नसक्ने विद्यार्थीका लागि श्रव्यदृश्य माध्यममार्फत पठनपाठन अगाडि बढाउन सुझाव दिइएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *