तोडफोड र चोरी भएको राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखामा गभर्नरको अवलोकन

 तोडफोड र चोरी भएको राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखामा गभर्नरको अवलोकन

काठमाडौं, २९ भदौ २०८२ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आज नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको अवलोकन गर्नुभएको छ ।

उहाँले शाखामा पुगेपछि आन्दोलनका कारण पुगेको क्षतिको अवस्था तथा त्यसले वित्तीय कारोबारमा पारेको प्रभावबारे विस्तृत जानकारी लिनुभयो।

यो शाखा कार्यालयमा हालैको जेन जेड आन्दोलनका क्रममा तोडफोड हुनुका साथै केही नगद रकम चोरी भएको थियो। आन्दोलनकारीहरूले कार्यालयका सिसा र फर्निचरमासमेत क्षति पुर्‍याएका थिए।

बैंकका कर्मचारी र सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिन खोजे पनि भीड ठूलो भएकाले भौतिक क्षति रोक्न नसकिएको बताइएको छ।

गभर्नर पौडेलले अवलोकनपछि “राष्ट्रिय वाणिज्य बैंक मुलुककै अग्रणी बैंक भएकाले यसको प्रतिष्ठा र सेवामा धक्का पुर्‍याउने किसिमका घटना दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।

यस क्रममा बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल सहित उच्च पदस्त अधिकारीहरुको सहभागिता रहेको थियो ।

अवलोकनका क्रममा बैँकका शाखा प्रमुखले गभर्नरलाई क्षतिको विवरण प्रस्तुत गर्दै तोडफोडका क्रममा भएको नगद चोरीबारे समेत जानकारी गराउनु भएको थियो ।

गभर्नरले शाखा कर्मचारीलाई ग्राहक सेवामा कुनै व्यवधान नपार्ने गरी तुरुन्त वैकल्पिक व्यवस्था गर्न अनुरोध गर्नुभयो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *