तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ

 तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।

अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।

‘यो प्रारम्भिक सूची हो । उहाँहरूले पाउने मन्त्रालयको जिम्मेवारी थपिन सक्छ,’ स्रोतले भन्यो ‘उहाँहरूको पत्र बनिसकेको छ ।’

उनीहरूको शपथ ग्रहण भने भोलिमात्रै हुने बताइएको छ । ‘भोलि बिहान शपथ हुन्छ,’ स्रोतले भन्यो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *