अब विदेशमा रहेका नेपाली नागरिकले पनि मतदान गर्न पाउने

 अब विदेशमा रहेका नेपाली नागरिकले पनि मतदान गर्न पाउने

सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदान गर्ने व्यवस्था मिलाउने भएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार निर्वाचन आयोगमा भएको छलफलमा कम्तीमा पनि समानुपातिकतर्फ मतदानको व्यवस्था मिलाउनुपर्ने बाध्यता रहेको बताए।

उनका अनुसार, निर्वाचन आयोगले यसको समाधान खोज्नुपर्ने र सरकारले आवश्यक परे अध्यादेश ल्याएर भए पनि प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

गृहमन्त्री अर्यालले सर्वोच्च अदालतको आदेशअनुसार सकेसम्म सबै मुलुकमा रहेका नेपालीलाई मतदानको अवसर दिने प्रतिबद्धता जनाए। तर सम्भव नभएका मुलुक वा सहरबाहेक, सम्भव हुने ठाउँमा भने मतदानको प्रावधान लागू गर्ने उल्लेख गरे।

यसका लागि सम्बन्धित मुलुकस्थित नेपाली दूतावासमार्फत मतदानको व्यवस्था मिलाइने जनाइएको छ। उनले ‘नो भोट’ को प्रावधान पनि आगामी निर्वाचनमा लागू हुने बताए।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *