सेप्टेम्बर २१ मा सिड्नीमा “दशै कप २०२५” सहित विविध कार्यक्रम हुने

 सेप्टेम्बर २१ मा सिड्नीमा “दशै कप २०२५” सहित विविध कार्यक्रम हुने

मुक्तिराम पोखरेल, सिड्नी । अस्ट्रल नेप्लिज कम्युनिटी क्लब (एएनसीसी) ले सेप्टेम्बर २१ मा अष्ट्रेलियाको सिड्नीमा दशै कप २०२५ सहित विविध कार्यक्रम आयोजना गरेको छ ।

स्थापना भएको १ वर्षको अवधिमा विविध कार्यक्रम गर्दै आफ्नो काम र नामलाई स्थापित गर्न सफल हुँदै गएको क्लबले युवा वर्गलाई समेटी विशुद्ध सामाजिक कार्य गर्ने भावनाबाट क्षमता अभिवृदि सहित सामुदायिक कार्य, खेलकुद जस्ता कार्यहरुलाई प्राथमिकताका साथ आयोजना गर्दै आएको छ ।

नेपालीहरुको महान पर्व बिजयादशमिको पूर्वसन्ध्यामा युवाहरुमा भएको उत्साहलाई खेल मार्फत प्रोत्साहित गर्ने उद्धेश्यका साथ दशै कप २०२५ आयोजना गरिने गरिएको क्लवका अध्यक्ष सुनिल पराजुलिले आहा नेपाललाई जानकारी दिएका छन् ।

क्लवले आउदो सेप्टेम्बर २१ आइतवारका दिन दशै कप संगसंगै युवाहरुविच फुटवल खेल, वालवालीकाहरुका लागि निःशुल्क फेस पेन्टिङ, बुबाआमाका लागि घैंटो फुटाउने तथा म्यूजिकल जस्ता विभिन्न रचनात्मक कार्यक्रमहरु गरिने क्लवका सदस्य रवि केसीले जानकारी दिएका छन् ।

कार्यक्रमलाई थप प्रभावकारी र भव्य बनाउन सामुदायिक सहभागिता र सहकार्यलाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ।

यस अवसरमा सम्पूर्ण अस्ट्रलवासी आमाबुबा दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थिति भईदिनु हुन केसिले अनुरोध समेत गरेका छन् ।

सो कार्यक्रमलाई सफल बनाउन Rey Properties, Vibes Mortgage and Finance, 8848 Momohouse Parramatta,
Top Shelf Coffee and Kitchen, Epoxy Garden and Landscaping, 108 Build, Delighted Tours and Travels, Multi-Dynamic, ICS Migration and Education, Maya Conveyancing, Sathi Pest Management, Aaha Nepal, Xenxcel, HS Creations लगायतले साझेदारी गरेका छन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *