अख्तियारको सूचना सामान लानेको पहिचान हुँदै छ, सामान आयोगमा बुझाउनु

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेन जेड आन्दोलनका क्रममा भएको तोडफोडका क्रममा आफ्नो कार्यालयबाट चोरी भएका सामान फिर्ता गर्न अनुरोध गरेको छ ।
आयोगले आफ्नो वेभसाईटमा सूचना जारी गर्दै आन्दोलनका क्रममा चोरी गरी लगिएका ल्यापटप सहित अन्य जिन्सी सामानहरुबारे सिसीटिभी फुटेज मार्फत अनुसन्धान भईरहेकोले सामान लैजाने व्यक्ति पहिचान हुँदै जाने समेत बताएको छ ।
यसैगरी अयोगले पहिचान भएर कार्वाहीमा पर्नुभन्दा तत्काल लगिएको सामान फिर्ता गर्न सम्वन्धित सबैलाई अनुरोध गरेको छ ।