आइसिटी अवार्ड २०२५ का स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधाका सेमिफाइनलिस्ट सार्वजनिक

 आइसिटी अवार्ड २०२५ का स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधाका सेमिफाइनलिस्ट सार्वजनिक

काठमाडौं, असोज २३। नेपालमा प्रविधि, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका लागि आयोजना गरिँदै आएको आइसिटी अवार्ड २०२५ अन्तर्गत चार विधाका सेमिफाइनलिस्टहरूको नाम सार्वजनिक गरिएको छ।

आयोजक लिभिङ विथ आइसिटी का अनुसार, क्याटेगोरी ‘ए’ अन्तर्गत स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसियल इन्नोभेसन विधामा दोस्रो चरणको मूल्यांकनपछि सेमिफाइनलिस्टहरूको घोषणा गरिएको हो।

१४ जना विज्ञ जूरी सदस्यहरूले आवेदनकर्ताहरूका कागजात, वेबसाइट, प्रणाली र एप्लिकेसनको अध्ययन गरी व्यवस्थित डिजिटल भोटिङ प्रणालीमार्फत मूल्यांकन गरेका थिए। अब छनोटमा परेका परियोजनाहरूले ग्राण्ड जूरी, स्पीड डेटिङ र प्री–इभेन्ट सेसनहरू पार गर्दै उत्कृष्ट पाँच फाइनलिस्टमा पर्न प्रतिस्पर्धा गर्नेछन्।

पहिलो चरणमा प्राप्त ३०० भन्दा बढी अनलाइन आवेदनहरू मध्येबाट १५ दिनभित्र विज्ञ जूरीहरूले ग्राण्ड जूरीका लागि सेमिफाइनलिस्टहरूको सूची तयार पारेका हुन्। यसअघि पनि अवार्डका विभिन्न चरणमा प्रतिस्पर्धा गर्दै आएका परियोजनाहरू यसपटक नयाँ प्रस्तुति र नवप्रवर्तनका आधारमा मूल्यांकन भएका हुन्।

राइजिङ स्टार्टअप विधामा छनोट भएका १२ कम्पनीहरूमा आर्क्बो टेक्नोलोजिज, एटिएस भेइकल एसिस्ट, बोट्स इन्ड्रस्ट्रिज, कनेक्ट किसान, साइबर अलर्ट नेपाल, इलाइट्स लजिस्टिक, फास्टो नेपाल, माच ट्वान्टी फोर अर्बिट्स, सिंक टेक्नोलोजी, ट्रिप टर्बो, भेन्डिङ किङ र विसर इस्पोर्ट्स रहेका छन्।

प्रडक्ट आइसिटी अवार्डमा बिजफोर्स ३६०, कास्टक्यु, फिटफ्लो, जिकवज डिडब्ल्युएम, आइएलटिएस पल्स, आइफाभेन्ड, लुंगा इकमर्श विथ इआरपी, मिरागो, माइ क्युआर, क्युक सिसिए, टुना डायरी इआरपी र वायुदृष्टी उत्कृष्ट सूचीमा परेका छन्।

राइजिङ स्टार इन्नोभेसन विधामा एग्रो कनेक्ट, एजिरा, फेडेरेटेड लर्निङ इन हेल्थकेयर, कानुन एआई, माइन्ड ब्रिज, माइन्ड गार्ड, पि सेतु, फुलवारी, प्ले काउण्ट रोयल्टी, स्केलिङ स्मार्टर, स्पिनोभोट, ट्यापटुलिंक र भक्स भिजन रहेका छन्।

सोसियल इन्नोभेसन आइसिटी अवार्डका उत्कृष्ट १३ परियोजनामा छौगो जलान, कोड फर च्यारिटी, डास्टा, हाम्रो हेल्थ स्कुल, एचडब्ल्युसि नेपाल, कताहो डिजिटल एड्रेस, आइडिएमएस, नेवा एएसआर, राहत, सालिक, शासन, सुपर कृषक र वायुदृष्टी रहेका छन्।

अब सेमिफाइनलमा पुगेका परियोजनाहरूले स्टार्टअप एण्ड आइडिया फेस्ट, मेन्टरिङ सेसन र ग्राण्ड जूरी सेसन मा सहभागी हुनेछन्। उनीहरूको पिचिङ र उद्यम कथा विशेष टेलिभिजन कार्यक्रममार्फत पाँच एपिसोडमा प्रशारण गरिने योजना छ।

यस वर्षको अवार्डमा नेपालका १४ जना र विदेशी ४ जना जूरी सदस्यहरू सहभागी छन् भने १५ सदस्यीय विशिष्ट सल्लाहकार समिति गठन गरिएको आयोजकले जनाएको छ।

क्याटेगोरी ‘बी’ अन्तर्गतका पायोनियर आइसिटी अवार्ड, एन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड का लागि नोमिनेशन खुला छ। त्यस्तै, क्याटेगोरी ‘सी’ अन्तर्गतका डिजिटल एजुकेशन, डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस अवार्ड का छनोट प्रक्रिया पनि जारी छन्।

आइसिटी अवार्ड लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हरेक वर्ष आयोजना गरिन्छ। यसमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्य रहँदै आएको छ। अवार्डसम्बन्धी थप जानकारीका लागि www.ictaward.org मा हेर्न सकिन्छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *