ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएकाले बैठक स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले बताए ।
केन्द्रीय कमिटीको एजेण्डा तय गर्न ओलीको निवास गुन्डुमा हिजोबाट सचिवालय बैठक सुरु भएको छ । बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।
त्यसमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् । आज स्थगित भएको बैठक भोलि बिहान ११ बजे बस्नेछ ।
