अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट

 अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा रहनु भएका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सिंगापुरका राष्ट्रपति थार्मान शनमुगारात्‌नमसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

उक्त भेटमा राष्ट्रपति थार्मानले देशको तिव्र आर्थिक विकासका मानव पुँजी, पूर्वाधार, उर्जा, व्यापार र खुल्लापनमा लगानी केन्द्रित गर्न अर्थमन्त्रीलाई सुझाव दिनुभयो।

अर्थमन्त्री खनालले नेपाल सरकारले युवाको चाहना अनुरुप सुशासन कायम गरी आर्थिक विकासमा केन्द्रित हुने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो।

अर्थमन्त्री खनालले आजै अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष सहितका अधिकारीहरुसँग समेत अन्तर्क्रिया गर्नुभयो। सो अवसरमा उहाँले अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी बढाउँदै लगेकोमा धन्यवाद दिनुभयो ।

अर्थमन्त्री खनालले नेपालमा निजी क्षेत्रको विकास र प्रतिस्पर्धात्मक क्षमता विकासमा निगमको थप लगानी र प्राविधिक सहयोगको अपेक्षा गर्नुभयो।

अन्तर्राष्ट्रिय वित्त निगमका अधिकारीहरुले नेपालमा निगमको लगानी वृद्धि गरिने जानकारी दिंदै अन्तर्राष्ट्रिय पुँजीको आप्रवाह बढाउन केही कानुनी र नियामकिय प्रवन्धहरुमा सुधारको खाँचो रहेको बताएका थिए।

प्रतिउत्तरमा मन्त्री खनालले नियामकीय प्रवन्धहरुमा तत्काल सुधार गर्ने उल्लेख गर्दै कानुनी सुधारका लागि समेत आवश्यक तयारी गरिने आश्वासन दिनुभयो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *