यमपञ्चकको दोस्रो दिन: कुकुर तिहार र नरक चतुर्दशी
A Nepali police personnel worship a dog on Kukur Tihar, the second day of the second largest festival at the Central Police Dog Training School in Kathmandu, on Wednesday, October 18, 2017. Photo: Skanda Gautam/THT
काठमाडौँ । यमपञ्चकको दोस्रो दिन आज सम्पूर्ण नेपालीहरूले आफ्ना घर आँगनमा कुकुरलाई टीका, माला र मीठा खानेकुरा खुवाएर श्रद्धा र सम्मानपूर्वक पूजा गरिरहेका छन् ।
वैदिक परम्परा अनुसार कुकुरलाई यमराजको दूत र धर्मराजको द्वारपालको रूपमा मानिन्छ । आजको दिन कुकुरको पूजा नगरी खाना खाएमा पाप लाग्छ भन्ने धार्मिक मान्यता रहेको छ ।
पुराण अनुसार यमलोकमा यमराजको ढोका रक्षण गर्ने कुकुरलाई तिहारको दिन सम्मान गर्दा मृत्युपश्चात् आत्मालाई स्वर्ग मार्ग प्रशस्त हुने विश्वास गरिएको छ ।
द्वापर युगमा पाण्डवहरू स्वर्गारोहणको क्रममा धर्मराज युधिष्ठिरलाई एक कुकुरले साथ दिई स्वर्गको ढोकासम्म पुर्याएको प्रसङ्ग पनि उल्लेख गरिएको छ, जसले कुकुरको निष्ठा र पवित्रताको प्रतीक दर्साउँछ ।
ऋग्वेदमा ‘समरा’ नामकी कुकुर आमाको कथा उल्लेख छ, जसले स्वर्गका राजा इन्द्रलाई हराएको वस्तु फेला पार्न सहयोग गरेकी थिइन् ।
त्यसैले वैदिक सनातन परम्परामा कुकुरलाई अभिभावक, सुरक्षाकर्मी र यमराजको सन्देशवाहकको रूपमा सम्मान गरिन्छ । मृत्युपर्यन्त मोक्षको द्वारमा पनि कुकुरले पहरा दिने उल्लेख ग्रन्थहरूमा पाइन्छ ।
