माछापुच्छ्रे बैंक लिमिटेडले मनायो २५औं वार्षिकोत्सव, नवपर्वतन क्षेत्रमा केन्द्रीत हुने

 माछापुच्छ्रे बैंक लिमिटेडले मनायो २५औं वार्षिकोत्सव, नवपर्वतन क्षेत्रमा केन्द्रीत हुने

काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सव भव्य कार्यक्रमका साथ मनाएको छ।

बैंकले “२५ वर्षको रूपान्तरणको यात्रा (25 Years of Transformation)” भन्ने मूल नाराका साथ आगामी वर्षहरूमा अझ नवप्रवर्तनयुक्त, सुरक्षित र प्रविधिमैत्री बैंकिङ सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले विगत २५ वर्षको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहक, नियामक निकाय, सेयरधनी, कर्मचारी, साझेदार संस्था र शुभेच्छुकहरूप्रति गहिरो आभार व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई निरन्तर हौसला, भरोसा र समर्थन प्रदान गर्ने सबै सरोकारवालाहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछौं।

माछापुच्छ्रे बैंकले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखी नयाँ, सरल र सुरक्षित बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँछ।”

कोइरालाले संस्थागत सुशासन, पारदर्शिता, दिगो वित्तीय सेवा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंक अझ सशक्त रूपमा अघि बढ्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बैंकको विगत २५ वर्षको सफल यात्राका विभिन्न उपलब्धि, वित्तीय नवप्रवर्तन र डिजिटल बैंकिङ विस्तारका विषयमा झलकहरू प्रस्तुत गरिएको थियो।

यस अवसरमा बैंकका कर्मचारी, शाखा प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

माछापुच्छ्रे बैंकले हाल देशभर सयौं शाखा, एटीएम, एक्सटेन्सन काउण्टर र डिजिटल बैंकिङ प्लेटफर्ममार्फत लाखौं ग्राहकलाई सेवा दिइरहेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *