आठौँ वार्षिकोत्सवमा सिटिजन लाइफ इन्स्योरेन्सले गर्‍यो देशव्यापी कार्यक्रम

 आठौँ वार्षिकोत्सवमा सिटिजन लाइफ इन्स्योरेन्सले गर्‍यो देशव्यापी कार्यक्रम

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सव देशभर विविध कार्यक्रमको आयोजना गरेर मनाएको छ ।
सामाजिक उत्तरदायित्व अन्र्तगत कम्पनीले विभिन्न रचनात्मक कार्यक्रम सहित आफ्नो ८ औँ स्थापना दिवस मनाएको हो ।

जीवन बीमा मार्फत लाखौं नेपालीहरुलाई जोड्दै आठ वर्षको सफल यात्रा तय गरेको कम्पनीले वार्षिकोत्सवका अवसरमा स्थानीय समुदायसँग जोड्ने र सकारात्मक रुपान्तणका लागि सामाजिक जिम्मेवारीलाई आत्मसाथ गर्दै विविध कार्यक्रम गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालयमा भएको एक विशेष समारोहमा कम्पनीका कर्मचारीहरूले आफ्ना सांस्कृतिक पहिचान झल्काउने भेषभूषा र परम्परा प्रदर्शन गर्दै कार्यस्थलमा एकता, सद्भाव र परस्पर सम्मानको सन्देश प्रवाह गरेका थिए ।

कम्पनीले १६ स्थानमा रक्तदान कार्यक्रम, ६ स्थानमा बीमा सचेतना र्‍याली तथा घर घरमा बीमा जानकारी अभियान, ३ स्थानमा सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम, ११ स्थानमा अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण, १ स्थानमा निःशुल्क स्वास्थ्य शिविर, १० स्थानमा विपन्न बालबालिकाहरूलाई न्यानो कपडा वितरण, र ७ स्थानमा विक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले भन्नुभयो, ‘हाम्रो आठौं वार्षिकोत्सव केवल उत्सव मात्र होइन, समाजसँगको सम्बन्ध पुनः पुष्टि गर्ने अवसर हो ।

उहाँले विश्वास, विविधता र सामाजिक उत्तरदायित्वका माध्यमबाट बीमा सेवा विस्तार गर्दै सुरक्षित जीवन र समृद्ध भविष्यको लक्ष्यतर्फ दृढतापूर्वक अघि बढिरहेको समेत बताउनुभयो ।

कम्पनीले आठ वर्षको यात्रामा ग्राहकको विश्वास, साझेदारहरूको साथ र कर्मचारीहरूको समर्पणलाई आफ्नो बलियो पक्षका रुपमा लिएको जनाएको छ ।

यस अवधिमा बीमा सेवाको पहुँच विस्तार, डिजिटल सुधार, र सामाजिक दायित्वका कार्यक्रमहरूलाई निरन्तर अघि बढाएको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कम्पनीले आगामी दिनहरूमा पनि बीमा सचेतना, स्वास्थ्य, शिक्षा, वातावरण र समावेशी विकासका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीले आफ्नो प्रगतिमा साथ दिने सम्पूर्ण ग्राहकवर्ग, व्यवसायिक सिटिजन लिडरहरू, नियमनकारी निकायहरू, शेयरधनी, सञ्चालक समिति, सद्भावना दूतद्वय, सञ्चारकर्मी, व्यवसायिक साझेदारहरू, कर्मचारी लगायत सबै शुभचिन्तकहरूप्रति कृतज्ञता प्रकट गरेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *