६२ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार
लामो सार्वजनिक विदा सकिएपछिको बजारमा मंगलबार ६२ अंकको सुधार देखिएको छ। नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१ विन्दुमा आइपुगेको छ।
आइतबार दुई अर्ब ६६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार चार अर्ब ५७ करोड रूपैयाँको कारोबार भएको हो। केही दिनदेखि सेयर बजार परिसूचक नेप्से एक वर्षकै न्यूनतम विन्दु २५ सयको आसपास आएपछि सुधार देखिन थालेको हो।
भदौ २३ र २४ को जेनजी आन्दोलन र असोज दोस्रो सातामा आएको बाढीको कारण सेयर बजारमा पनि प्रभाव परिरहेको थियो।
अहिले लघुवित्त, बैंक, विकास बैंक लगायतका समूहका धेरै कम्पनीको मूल्य न्यून तहमा आएकोले पनि बजारले वृद्धिको बाटो समात्ने अपेक्षा गरिएको छ।
