पर्यटन विभागको महानिर्देशकमा रामकृष्ण लामिछाने
काठमाडौँ । पर्यटन विभागको महानिर्देशकमा रामकृष्ण लामिछाने नियुक्त भएका छन्।
पर्यटन मन्त्रालयले मन्त्रालयका सह-सचिव तथा प्रवक्ता लामिछानेलाई विभागको रिक्त महानिर्देशकको जिम्मेवारी दिएको हो।
यसअघि असोज २३ गते सरकारले गरेको सह-सचिव सरुवामा तत्कालीन महानिर्देशक डा. नारायण प्रसाद रेग्मीको सरुवा भएपछि विभागको महानिर्देशक पद रिक्त रहेको थियो।
डा. रेग्मीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भइसकेको र उनी हाल पोखरा कार्यालयमा पदस्थापन भइसकेका छन्।
