बयानका लागि रवि लामिछाने सिंहदरबारमा

 बयानका लागि रवि लामिछाने सिंहदरबारमा

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएको छ ।

जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा उनलाई उपस्थित गराइएको हो । भदौ २४ मा लामिछाने कारागारबाट निस्केका कारण उनिसंग बयान लिन लागिएको हो ।

यस अघि जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लामिछाने जेलबाट निस्केपछि सार्वजनिक गरिएको पत्रमा सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दा फिर्ता लिन समय लाग्ने हुनाले गृह सचिवको आदेश अनुसार थुनामुक्त गरिएको उल्लेख थियो ।

२४ गते जेलबाट बाहिर आएका लामिछाने केहीदिनपछि नकारात्मक टिका टिप्पणी भएपछि आफै जेल पुगेका थिए ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *