कृषि विकास बैंकबाट चण्डिका देवी मा.वि.लाई सहयोग प्रदान
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत श्री चण्डिका देवी माध्यमिक विद्यालय, चन्द्रागिरी–२, बाडभञ्झ्याङ, काठमाडौंलाई आर्थिक सहयोग प्रदान गरेको छ।
मिति २०८२ कार्तिक २५ गतेका दिन बैंकले विद्यालय भवन मर्मत तथा रंगरोगन कार्यका लागि एक लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको हो।
बैंकले शिक्षाको गुणस्तर वृद्धि र शैक्षिक वातावरण सुदृढीकरणका लागि यस किसिमका सहयोगात्मक कार्यलाई निरन्तरता दिने जनाएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धक मिनराज पोखरेल, विभागीय प्रमुख बिना शर्मा, प्रबन्धक दिलबहादुर श्रेष्ठ, वरिष्ठ शाखा अधिकृत गीता नेपाल, साथै विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिती रहेको थियो।
कार्यक्रममा विद्यालय प्रशासनले बैंकप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले विद्यालयको पूर्वाधार सुधार र विद्यार्थीहरूको अध्ययनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।
