टेलिकमको बक्यौता तीन महिनाभित्र तिरे जरिवाना नलाग्ने

 टेलिकमको बक्यौता तीन महिनाभित्र तिरे जरिवाना नलाग्ने

नेपाल टेलिकमले दूरसञ्चार सेवा उपभोग गरेबापतको बक्यौता रकम तीन महिनाभित्र तिरे जरिवाना नलाग्ने भएको छ।

टेलिकमले आइतबार सूचना प्रकाशित गर्दै ०७९/०८० सम्मको बक्यौता रकम मंसिर १ देखि माघ मसान्तसम्म भुक्तानी गरेको खण्डमा जरिवाना छुट हुने जानकारी दिएको हो।

टेलिकमले यो अवसरको लाभ लिन बक्यौता बाँकी भएका सबै ग्राहकहरूलाई अनुरोध गरेको छ।

त्यस अवधीमा पनि बक्यौता भुक्तानी नगरे त्यस्ता ग्राहकहरूको नामावली पत्रिकामा प्रकाशित गर्ने, वेबसाइटमा राखी कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *