आजदेखि नेपाल प्रिमियर लिग : सञ्चालन भयो त्रिवि क्रिकेट मैदान

 आजदेखि नेपाल प्रिमियर लिग : सञ्चालन भयो त्रिवि क्रिकेट मैदान

नेपाली क्रिकेटको महाकूम्भ नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरू हुँदैछ। ८ फ्रेञ्चाइज टोलीबीच हुने खेल मंसिर २७ गतेसम्म चल्नेछ।

एनपिएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीले भिड्नेछन्।

उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबिच अपराह्न ४ बजेदेखि सुरू हुनेछ।

जनकपुर बोल्ट्समा कप्तान अनिल साह (विकेटकिपर) हुन्। टोलीमा अनिल साह (कप्तानरविकेटकिपर), विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति, निकोल लोफ्टी(ईटन, आदित्य महाता, किशोर महतो, लाहिरु मिलन्था ९

(विकेटकिपर), वायन पार्नेल, ललित राजवंशी, लाहिरु समरकून, आसिफ शेख (विकेटकिपर), रुपेश सिंह, इमरान ताहिर र मयन यादव छन्।

काठमाडौं गोर्खाजका कप्तान करण केसी हुन्। टोलीमा करण केसी (कप्तान), मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर (विकेटकिपर), सन्नी पटेल, नटराजन शाह, भीम शर्की, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), र सन्तोष यादव समावेश छन्।

अपराह्न ४ बजेदेखि सुरू हुने भएकाले खेल बेलुकीसम्म चल्नेछ। कम्तिमा दोस्रो इनिङ फ्लडलाइटमा खेलाइनेछ।

फ्लड लाइटमा खेलाउनका लागि राम्रो म्यानपावर र ब्याकअप पनि तयार गरिएको नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले बताएका छन्।

उद्घाटन खेलको सबै टिकट बिक्री भइसकेको छ।

उदघाटन र शनिबारको टिकट मूल्य साधारणतर्फ ५ सय रूपैयाँ रहेको छ। यस्तै उदघाटन र शनिबारको प्रिमियम टिकट मूल्य १५ सय रूपैयाँ तोकिएको छ। यसैगरी अन्य दिनको समूह चरणको खेलको टिकट मूल्य साधारणतर्फ ५ सय रूपैयाँ र प्रिमियमतर्फ १ हजार रूपैयाँ छ। यस्तै प्लेअफ र फाइनलको साधारणतर्फ १ हजार र प्रिमियमतर्फ २ हजार रूपैयाँ टिकट रहेको छ।

सिजनभरीकै पास किन्न चाहनेका लागि १५ हजार रूपैयाँ मूल्य तोकिएको छ। आठ टोलीबीच हुने प्रतियोगिताको समूह चरणमा २८ खेल हुनेछन्।

दिनको दुई खेल हुँदा पहिलो खेल पौने १२ र दोस्रो खेल ३:३० तथा ४ बजे सुरू हुनेछन्। जसका कारण अधिकांश दोस्रो खेल फ्लडलाइटमा हुनेछन्। प्लेअफका ३ खेलहरू ४ बजे सुरू हुनेछ।

मंसिर २७ गते हुने फाइनल पनि फ्लडलाइनमै हुने तयारी छ। कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा गर्ने तालिका सार्वजनिक भएको छ। एकमात्र खेल हुने दिन फ्लडलाइटमै खेल हुनेछ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *