नेप्से र कारोबार रकम दुवै बढ्यो
सोमबार सेयर बजार परिसूचक नेप्से ९.७८ अंकले बढेको छ। बजार बन्द हुँदा नेप्से परिसूचक २५५० विन्दुमा आएको छ।
यसदिन कारोबार रकम सामान्य बढेको छ।
आइतबार तीन अर्ब ८९ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार तीन अर्ब ९४ करोड रूपैयाँको सेयर किनबेच भएको हो।
कारोबारमा आएकामध्ये निर्जीवन बीमा र अन्य समूहगत परिसूचकबाहेक सबै समूह बढेका छन्। निर्जीवन बीमा र अन्य समूहमा ०.५ प्रतिशतभन्दा कमले गिरावट आएको हो।
