डडेल्धुरामा सहकारीकर्मीका लागि आम प्रशिक्षण सम्पन्न

 डडेल्धुरामा सहकारीकर्मीका लागि आम प्रशिक्षण सम्पन्न

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि। को आयोजनामा डडेल्धुरामा एक दिने आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्नुहुँदै साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेम बहादुर पाठकले सञ्चालक, कर्मचारी, लेखा सुपरिवेक्षण समिति, सञ्चालकहरुको जिम्मेवारी र दायित्वका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

उहाँले सहकारीमा सुशासन स्थापित गर्ने विषय सहकारीका नेतृत्वकै जिम्मेवारी हुने भन्दै यसका लागि सबै तयार हुनुपर्नेमा जोड दिनुभयो । सहकारी क्षेत्रमा देखिएको चुनौती चिर्न आफै अगाडि बढ्नुपर्ने भन्दै उहाँले आफ्नो संस्था आफै राम्रो बनाउन दत्तचित्त भएर लाग्न अनुरोध गर्नुभयो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को अगुवाईमा देशभर सञ्चालन गरेको आम प्रशिक्षण कार्यक्रमले सहकारी क्षेत्रको सुधारमा अभुतपूर्व सुधार देखिएको भन्दै सहकारी नेतृत्व सहकारीको तल्लोतहमा पुगेर प्रशिक्षणका कार्य गर्न सबैलाई अनुरोध गर्नुभयो ।

यसैगरी कार्यक्रममा बोल्नुहुँदै साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का सञ्चालक सुखदेव न्यौपानेले देशव्यापी प्रशिक्षण सञ्चालन गरेर आफ्नो नेटवर्कका संस्थाहरुको सुदृढिकरण सबैलाई सक्षम बनाउने कार्यमा लागिरहेको बताउनुभयो ।

उहाँले साना किसानको संस्थागत संरचनामा रहेका सबै पक्षहरुलाई सक्रिय बनाउनुपर्ने भन्दै समुह, अन्तर समुह, सञ्चालक, कर्मचारी सबै अनुशासीत ढंगबाट आ आफ्नो कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि। का मुख्य प्रवन्धक लिलाधर धितालले पछिल्लो समय जारी भएका सहकारी सम्वन्धि नीति नियम र निर्देशनहरुका बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले यस्ता आम प्रशिक्षणले सहकारी क्षेत्रको सुधारका लागि ठूलो सहयोग पुग्ने बताउनुभयो ।

उहाँले सहकारीको सुधारका लागि लघुवित्त र केन्द्रीय संघले आफ्नो नेतृत्वमा गरेको कामको प्रशंसा गर्दै यस्ता कार्यक्रममा पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई पनि सहभागि गराउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का सञ्चालक एवम् प्रदेश कृषि संघका अध्यक्ष धर्म कुँवरले सहकारी सुधारको अभियानलाई अझै फराकिलो बनाउँदै प्रारम्भिक संस्थाहरुबाटै सहकारी सुधार गर्न सके सबै क्षेत्रमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को शाखा कार्यालय अत्तरीयाका शाखा प्रमुख हिम्मत बहादुर बम कृषि संघ सुदूरपश्चिम प्रदेशसंघको उपाध्यक्ष एवम् बढिमालिका साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष माया शाह लगायतले सहकारी सुधारका विषयमा धारणा राख्नुभएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *