विश्वासको मत प्राप्त गर्न नसक्ने स्थितिमा राजीनामा दिन्छुः मुख्यमन्त्री यादव
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त नभएको बताएका छन्।
सर्वोच्चले सोमबार नै आदेश जारी गरे पनि पत्र नआएको उल्लेख गर्दै उनले भने, “अब केही बेरपछि मेल खोल्छु, चिठी आएको छ कि छैन हेर्छु।”
यादवले अदालतको आदेश शिरोधार्य गरेर अघि बढ्ने स्पष्ट पार्दै विश्वासको मत लिन आवश्यक परामर्श सुरु भइसकेको बताएका छन।
विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था देखिए राजीनामा दिने संकेत पनि गर्दै उनले भने, “लिन सकिन्छ कि सकिँदैन, पहिल्यै थाहा भइसक्यो। नसक्ने स्थितिमा राजीनामा दिन्छु।”
