सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य बढ्यो

 सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँका दरले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० पुगेको छ । सोमबार भने सुन प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा खरिदविक्री भएको थियो ।

त्यसैगरी आज चाँदीका भाउ भने बढेको छ । मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । जसअनुसार आज चाँदी प्रतितोला ३ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने चाँदी प्रतितोला ३ हजार ५ सय ३५ रुपैयाँमा खरिदविक्री भएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *