सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यात्रुवाहक बसमा आगलागी

 सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यात्रुवाहक बसमा आगलागी

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ ।

ट्रकले बसलाई ठक्कर दिँदा आगलागी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । बस घिस्रिँदै १०० मिटर पर पुगेर हाइटेन्सन लाइनको खम्बामा ठोक्किएपछि खम्बा बसमाथि खसेको थियो ।

यूपी२२एटी ०२४५ नम्बरको बस भारत–नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो । कुल ४५ यात्रु सवार बसमा धेरैजसो नेपाली थिए ।

घटनापछि बसचालक र सहचालकबारे कुनै जानकारी प्राप्त नभएको बताइएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *