एनपिएल: चितवनविरुद्ध टस हारेर बलिङ गर्दै जनकपुर

 एनपिएल: चितवनविरुद्ध टस हारेर बलिङ गर्दै जनकपुर

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल)मा प्लेअफ अपेक्षा कायमै राख्नका लागि जित्नै पर्ने दबाबमा रहेको जनकपुरले चितवनविरुद्ध टस हारेको छ।

प्रतियोगितामा जितविहिन रहेको जनकपुरले सुरुवातबाटै लगातार ४ खेलमा हार भोगिसकेको छ। जनकपुरलाई अब प्लेअफको अपेक्षा कायम राख्न बाँकी ३ वटै खेल जित्नु पर्नेछ भने अन्य टिमको नतिजासमेत उसको अनुकूल हुनुपर्ने छ।

प्रतियोगितामा आज पराजित भए प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्ने छ।

अर्कोतर्फ ४ खेलमा २ जितसहित ४ अंक जोडेको चितवन पनि आजको खेल जितेर प्लेअफ पुग्नका लागि आफ्नो दाबेदारि बलियो बनाउने सोचमा मैदान उत्रिँदै छ। चितवन पराजित भएमा बाँकी दुवै खेल जितेर अन्य टिमको नतिजा समेत उसले कुर्नु पर्नेछ।

चितवनले कर्णाली याक्सलाई पहिलो खेलमा हराएर विजयी सुरुवात गर्दा दोस्रो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो। तेस्रो खेलमा विराटनगरलाई हराएको चितवन चौंथो खेलमा काठमान्डु गोर्खाजसँग पराजित हुन पुगेको थियो। चितवनले अब सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ।

जनकपुरले काठमान्डु गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग हार भोगेको छ।

चितवनले आजको खेलमा दुई परिवर्तन गरेको छ। दीपक बोहरा र रिजन ढकालको स्थानमा अमरसिंह राउटेला र आइकोनिक खेलाडी सौगात ढकाललाई मैदानमा उतार्दै छ।

जनकपुरले पनि आजको खेलका दुई परिवर्तन गरेको छ। ललित राजवंशी र किशोर महतोको स्थानमा अनिल साह र सचिन भट्टलाई प्लेइङ ११ मा फर्काएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *