यूपी बसमा आगलागी अपडेटः दुई नेपालीको मृत्यु

 यूपी बसमा आगलागी अपडेटः दुई नेपालीको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशमा यूपी२२एटी ०२४५ को निजी बसमा आगलागी हुँदा घाइते भएकामध्ये दुई जना नेपालीको मृत्यु भएको छ ।

“स्थानीय प्रशासनले दुई जना नेपालीको मृत्यु भएको हामीलाई जानकारी दिएको छ,” भारतको नयाँदिल्ली स्थित नेपाली दूतावासले बताएको छ ।

सोमबार मध्य राति भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी भएको थियो । भारत–नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै गरको निजी बसमा कुल ४५ यात्रु सवार रहेका थिए ।

 

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *