एनपीएलः चितवनलाई ६ विकेटले हराउँदै जनकपुरको पहिलो जीत

 एनपीएलः चितवनलाई ६ विकेटले हराउँदै जनकपुरको पहिलो जीत

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा जनकपुरले चितवन राइनोजमाथि ६ विकेटको जित निकाल्दै पहिलो जित दर्ता गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर ३ बलमा मात्र चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

जनकपुरका लागि अनिल शाहले ६१ रनको अर्धशतकीय पारी खेले । ३६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरेका हुन ।

जनकपुरका माज शदागदले ६३ रनको अर्धशतकीय पारी खेले । ३० बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै आसिफ शेखले १८ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

चितवनका लागि डेभिड मलानले सर्वाधिक ८० रनको अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै अर्जुन साउदले ३९ बलमा ५२ रनको अर्धशतकीय पारी खेले । चितवका कप्तान कुशल मल्लले ३० रनको योगदान गरे ।

जनकपुरका लागि कप्तान अनिल शाह, रुपेश सिंह, निकोल इस्टोन र माज शदागदले एक–एक विकेट लिए ।योसँगै जनकपुरले पाँच खेलबाट पहिलो जित निकालेको हो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *