हामीले फाइनल गरिसकेका छौँ, अध्यक्ष केपी ओली हुनुहुन्छः उपमहासचिव रिमाल

 हामीले फाइनल गरिसकेका छौँ, अध्यक्ष केपी ओली हुनुहुन्छः उपमहासचिव रिमाल

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पार्टीको एघारौं महाधिवेशनले पनि केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने दाबी गरेका छन्।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेले फेरि पनि ओलीलाई अध्यक्ष बनाउने निष्कर्ष निकालिसकेको बताएका छन।

उपमहासचिव रिमालले ओली फेरि पनि एमालेको अध्यक्ष हुने कुरा निश्चित भएको उल्लेख गर्दै सो समाचार लेखेरै राख्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन।

उपमहासचिव रिमालले पार्टीको महाधिवेशन प्रतिनिधि चयनमा देखिएको गुनासो पार्टीले तत्काल सम्बोधन गर्ने समेत बताएका छन।

उनले भने, ‘टिममा एक नम्बर व्यक्तिको बारेमा हामीले फाइनल गरिसकेका छौँ। अध्यक्ष केपी ओली हुनुहुन्छ। यो चाहिँ ठहर नै हो। साथीहरूले लेखेरै राख्नु भए पनि हुन्छ। छाप्नु भए पनि हुन्छ, बजाए पनि हुन्छ। २९ गते महाधिवेशन सम्पन्न भइसकेपछि नेकपा (एमाले) को अध्यक्ष को हुन्छरु भन्दाखेरी केपी शर्मा ओली। यसमा हाजिरी जबाफमा फेलै खाइन्न। पूरै नम्बर आउँछ। त्यो भन्दामुनिमा टिम कसरी भन्दा त्यो डिस्कसको विषय हुन्छ।’

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *